९ जेष्ठ २०८१, बुधबार | Wed May 22 2024

महान्यायाधिवक्ता खरेलद्वारा स्कुलचाैन माविकाे उद्वघाटन


१६ भाद्र २०७६, सोमबार  

0
Shares

20190902_191952

गौरादह १६ , भदौ / पूर्व कानून मन्त्री तथा महान्यायधिवक्ता अग्नि खरेलले नेपाल भारतबीच ऐतिहासीक तथा धार्मिक सुमधुर सम्बन्ध रहेको बताएका छन् । गौरादह नगरपालिका वडा नं.५ को स्कुलचौन माविको उद्घाटन गर्दै महान्याधिवक्ता खरेलले नेपाल भारत बीच ऐतिहासिक सामाजिक धार्मिक, भौगोलिक र नेपाल भारत बिचकने जनजिवन भाषा, संस्कृतिको एक आपसमा नजिकको सम्बन्ध रहेकोले आपसी सद्भाव कायम राख्न आवश्यक रहेको बताएका छन् ।

२०७० सालमा भारतिय राजदुत रन्जित रेले शिलान्यास गरेको भवनको आज (सोमबार) उद्घाटन गर्दै भारतिय राजदुत मञ्जिभ सिंह पुरीले नेपालमा रहेका विद्यार्थीहरुको उज्वल भविष्यको कामना गर्दै पठन पाठनमा सहजताका लागि भारत सरकारले भवन निर्माण गरेको बताएकाछन् ।देश बनाउने युवाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सके मुलुकको भविष्य उज्वल हुने बताएका छन् । विद्यार्थीको इच्छा र चाहना अनुसारको शिक्षा आजको आवश्यकता भएकाले प्राविधिक शिक्षा र अंग्रेजी माध्यमा पठनपाठन अभिभावक र विद्यार्थीहरुले चाहेको धारणा राखेका थिए ।

२०२१ सालमा स्थापना भएको विद्यालय विद्यालयमा हाल कक्षा १२ सम्म अध्यापन भईरहेको र १ हजार १ सय चालिस जना विद्यार्थीहरुले अध्यापन गरिरहेकाले दुरदराज बाट आउने विद्यार्थीहरुका लागि बसको व्यवस्था गरिदिन भारतिय राजदुत सँग व्यवस्थापन समितिका अध्यक्ष नेत्र बहादुर थापाले आग्रह गरे । विद्यार्थी संख्या अत्यधिक रहेकाले विद्यार्थी संख्याको अनुपातमा शिक्षक दरबन्दीको आवश्यकता रहेको धारणा राखे ।

जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले नेपाली देशभक्ति गितमा नृत्य गरेका थिए । कार्यक्रममा स्कुलचौन माविका प्रधानाध्यापक बाबुराम भण्डारीले भारतिय राजदुत मञ्जिभ सिंह पुरीलाई अभिनन्दन पत्रले सम्मान गर्नुभएको थियो ।त्यसअवसरमा संविधान सभा सदस्य दिपक कार्कि, गौरादह नगरपालिका मेयर रोहित कुमार शाह लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  १ : ३६ बजे