मानव अधिकारकर्मी घरघरै पुगेर पिडितको अवस्था बुझदै

May 9, 2016 मा प्रकाशित

sarbendra karna photo

Advertisement

 

गौरीगंज / मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका पिडीत परिवारको अवस्था बुझ्न तराई मानव अधिकार रक्षक सञ्जाल थर्ड एलायन्सका अधिकृत शिवेन्द्रकुमार कर्ण साइकल यात्रामा निस्केका छन् । मोरङ्गको बरडङ्गाबाट वैशाख ६ गतेबाट शुरु गरेका कर्ण १८ जना पिडीत परिवारसंग भेटघाट गरी   आज महोत्तरी पुगेका  छन् । मोरङ्ग बडङ्गाका शहिद शिवु माझीको घरबाट शुरु गरेका मानव अधिकारकर्मी कर्णले यात्राका क्रममा गैरन्यायिक हत्याको वास्तविकता, पीडित परिवारका पीडा, राहत, स्वास्थ्यबारे बुझ्नेछन् ।  यात्राको क्रममा विराटनगरमा  राष्ट्रिय  मानव अधिकार आयोग, जलेश्वरमा शान्ति र विकासका लागि युवा सञ्जाल र युवा सुचना केन्द्रले दोसल्ला,माला र अविर लागाई सम्मान गरेको थियो । साइकल यात्री कर्णले मधेशका मोरङ्ग, सुनसरी,  सिरहा, सप्तरी, धनुषा, महोत्तरीलगायत मधेशका २२ जिल्लाका शहिद परिवारलाई भेटी उनीहरुको अवस्थाबारे जानकारी लिने बताए  । गत साउन महिनादेखि मधेशी मोर्चाले शुरु गरेको मधेश आन्दोलनको क्रममा  हालसम्म ५८ जनाले शहादत प्राप्त गरेका छन् जसमा ४७ जना सर्वसाधारण र ११ जना प्रहरी छन् । दुई हजार भन्दा बढी घाइते भएका थिए ।  आन्दोलनको क्रममा घाइते भएका १९ जनाको उपचारका लागि सरकारले ३४ लाख रुपैयाँ  दिने निर्णय गरेको छ ।  मधेशी मोर्चाको एक घटक सद्भावना पार्टीका महासचिव मनिष सुमनले  मोर्चाको १ सय ७२ जना कार्यकर्ताको  शरीरमा गोली लागेको बताए । उनका अनुसार आन्दोलनका क्रममा काठमाडौंमा मात्र २५जना घाइतेको उपचारमा ५० लाख रुपैयाँ भन्दा बढी खर्च भइसकेको छ । शहादत प्राप्त गरेकाहरुलाई शहिद घोषणा, उनीहरुलाई राहत र क्षतिपुर्ति नदिउरुन्जेल वार्तामा नबस्ने महासचिव सुमनले बताए । सरकारसंग ३६ पटकname list 1

वार्ता भइसके पनि कुनै निष्कर्षमा नपुगेकाले अब बस्ने ३७ औं वार्ता निर्णायक हुने उनको भनाई थियो ।

name list 2

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस