मृर्गौला पिडित बालिका भन्छिन – ‘मलाई बचाईदिनुहाेस’

September 26, 2018 मा प्रकाशित

20180926_152931
गाैरादह १०, असाेज / झापा जिल्ला गौरादह नगरपालिका वडा न ४ निवासी बालिका पोख्रेल बिगत ८ वर्षदेखि मृर्गौला सम्बन्धि रोगले पीडित छिन । कमजोर आर्थिक अवस्थाका कारण उपचार गर्न नसकि उनको शारीरिक अवस्था कमजाेर बन्दै गएको छ । आमा पनि अर्कै संग बिबाह गरि गएकोले र उनका बुबाले पनि उनलाई सहारा नदिएकोले उनी अहिले आफ्नो हजुरबा र आमाको सहारामा बस्दै आएकी छ्न । स्थानिय श्री डोरामारी मा .बी. मा कक्षा २ मा अध्ययनरत उनी पडाइमा तेज बिध्यार्थी हुन् । उपचारका लागि धरान स्थित घोपा क्याम्पमा जाने र नियमित औषधी सेवन गर्ने गरेको उनी बताउछिन । हाल औषधी सिदिएको र औषधि लिन धरान सम्म जान पैसा नभएकोले उनलाइ औषधि अभाबले शरिर कमजाेर हुँदै गएकाे छ । औषधि पनि उनका लागि दिर्घकालिन समाधान भने होइन उनलाई राम्रो उपचारको खाचाे छ । ‘पहिला आँखा सुनिन्छ , बिस्तारै पुरै शरीर सुनिन्छ अनि मलाइ गार्‍हो हुन्छ र म बिध्यालय जना सक्दिन, पढेर ठूलो मानिस बन्ने रहर छ तर बिरामीकाे कारण पढ्न नसक्दा ज्यादै दु:ख लाग्छ’- पिडित बालिका बताउछिन । उनी भन्छिन – ‘मलाई बचाई दिनुहाेस् ‘

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस