काेच अादिवासी फिल्म ‘तहरे यादत’ असाेज २२ गते बाट प्रदर्शन हुँदै

September 28, 2018 मा प्रकाशित

20180928_124102

Advertisement

गाैरीगंज १२, असाेज / झापाकाे भद्रपुरस्थित कृष्ण राज कम्प्लेक्समा असाेज २२ गते देखि काेच अादिवासी भाषाकाे नयाँ फिल्म ‘तहरे यादत’ प्रदर्शनीमा अाउने भएकाे छ ।
पछिल्लो समय काेच अादिवासी भाषाकाे फिल्म न्युन निर्माण भएरहेकाे बेला सन्देश मिडिया प्राेडक्सनकाे याे नयाँ प्रस्तुतिले फिल्मले राम्रै बजार लिने अनुमान गरिएकाे छ ।
प्रेम कथामा अाधारित याे फिल्ममा कमेडी,फाईट र सुमधुर गीतकाे समायाेजनले हलमा गई परिवारकाे साथ मनाेरञ्जन लिन सक्ने हास्यव्यंग्य कलाकार टेेेक बहादुर राजवंशीले बताए ।
गजेन्द्र राजवंशीकाे लेखन,कथा तथा निर्देशनमा निर्माण भएकाे फिल्ममा सह निर्देशक हेमन्त राजवंशी, निर्माता महेन्द्र राजवंशी, सह निर्माता दुर्गा गणेश र सन्देश साहनी, केमरा तथा इडिटिङ्ग सन्देश साहनी, रचनाकार गुलाफचन राजवंशी, विरेन्द्र राजवंशी, गजेन्द्र राजवंशी रहेका छन् ।

गायक बल बहादुर राजवंशी, विन्दास राजवंशी र रिता राजवंशी काे सुमधुर श्वरमा ४ वटा गित रहेका छन् । नायक हंश नारायण राजवंशी र नायिका दुर्गा गणेश, काैशिला गणेशकाे कुशल अभिनयले फिल्मले राम्रै बजार लिने बताईएकाे छ । अाशा राजवंशीकाे मेकअफ र हास्यव्यङ्ग्य कलाकार टेक बहादुर राजवंशीकाे प्रस्तुतीले दर्शकलाई भरपुर मनाेरञ्जन दिने जनाईएकाे छ ।
फिल्ममा कलाकारहरू पुर्ण राजवंशी,जिना,धनलाल,राजकुमार,हेमन्त,ममता,प्रतिका,लक्ष्मी,सुन्दर,राजेश,टिला, प्रकाश, नरेन, जमुना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस