वैशाखको अन्तिम साता मध्यावधि निर्वाचन गर्न प्रस्ताव

December 20, 2020 मा प्रकाशित

Advertisement

काठमाडौं ५, पुस / प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वैशाखको अन्तिम साता मध्यावधि निर्वाचन गर्न प्रस्ताव गरेका छन्।
संसद विघटनका लागि मन्त्रिपरिषदको सिफारिससँगै निर्वाचनको मितिसमेत तोकेर प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न गएका थिए। 

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले वैशाख २९ गते चुनाव गर्ने मिति राखेका छन्। निर्वाचनको मिति तोकिएको भए पनि आधिकारिक मिति सार्वजनिक नभएको प्रधानमन्त्रीनिकट स्रोतले  बतायो।
स्रोतका अनुसार वैशाख २३ र २९  चुनाव गर्नेबारे छलफल भएको थियो। 
(सेताे पाटीबाट)

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस