स्नातक तहमा भर्ना भएका विद्यार्थीलाई स्ववियु गाैरीगंज क्याम्पसद्वारा स्वागत

October 5, 2021 मा प्रकाशित

गाैरीगंज १९, असाेज / स्वतन्त्र विद्यार्थी युनियन गाैरीगंज बहुमुखी क्याम्पसले स्नातक तहमा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेकाे छ ।
आज क्याम्पसकै प्राङ्गणमा एक कार्यक्रमकाे आयाेजना गरि उनीहरूलाई खादा, मिठाई र अविर लगाई स्वागत गरिएकाे हाे ।
कार्यक्रमका प्रमुख अतिथि तथा वडा नं. ३ का वडाअध्यक्ष मखना महताे, स्ववियु सभापति देव कुमार ताजपुरिया, वार्ड नं. ३ का वडा सदस्य हेमा आचार्य, क्याम्पस प्रमुख सर्वतलाल राजवंशी, नेविसंघका निवर्तमान केन्द्रीय सदस्य निरज अग्रवाल, प्रध्यापकलगायतले नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेका थिए ।
स्नातक प्रथम वर्षकाे विएड र विविएसमा ६२ जना विद्यार्थी भर्ना भएका छन् । दक्षिणी क्षेत्रमा शैक्षिक गुणस्तरमा सुधार ल्याई दक्ष जनशक्ति उत्पादनमा गाैरीगंज क्याम्पसले महत्वपूर्ण भुमि खेलेकाे वत्ताहरूले बताएका थिए । विहान करिब ७ बजे नै सुरू गर्ने भनेर बाेलाईएका अतिथिहरू समयमै नअाएपछि आयाेजकले उपस्थिति भएका अतिथिहरूलाई अातिथ्यता गर्दै करिब विहान ८ बजे अाैपचारिकरूपमा कार्यक्रम शुरू गरेकाे थियाे । कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा गाैरीगंज गाउँपालिकाका प्रमुख बाबुराजा श्रेष्ठलाई बाेलाईए पनि उनी नअाएपछि वार्ड नं. ३ का वडा अध्यक्ष मखना महताेलाई प्रमुख अतिथिकाे रूपमा कार्यक्रम सम्पन्न गरेकाे स्ववियु सभापति देव ताजपुरियाले जानकारी गराएका छन् । स्ववियुले प्रत्येक वर्ष यसरी नै नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै आएकाे छ । कार्यक्रमकाे स्वागत नेविसंघका राेेेेसन यादवले गरेका थिए भने सञ्चालन रमेेेश ताजपुुुुुरियाले गरेका थिए ।

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस