रेडक्रस साेसाईटी झापाद्वारा गाैरीगंज गाउँपालिकालाई बाढीपीडितका लागि त्रिपालसहित स्वास्थ्य सामाग्री हस्तान्तरण

June 30, 2022 मा प्रकाशित

गाैरीगंज १५, असार / नेपाल रेडक्रस साेसाईटी झापाले बाढीपीडितका लागि राहातका सामाग्री हस्तान्तरण गरेकाे छ ।
आज बुधवार रेडक्रस साेसाईटी झापाका अध्यक्ष लाेकराज ढकालले गाैरीगंज गाउँपालिकाका अध्यक्ष फूलवती राजवंशीलाई ५० थान त्रिपाललगायत स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकाे हाे । नेपाली नेपाली कांग्रेस झापा अध्यक्ष देउमान थेवे, नेकपा एमाललेका जिल्ला अध्यक्ष दिपक कार्की, प्रदेश नं. १ का पुर्व आन्तरिक मामिला तथा गृह मन्त्री हिक्कमत कार्की, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका जिल्ला प्रमुखलगायतकाे उपस्थितिमा उत्त सामाग्री हस्तान्तरण गरिएकाे थियाे । साेसाईटीले ५० थान त्रिपाल, ११ वटा लाईफ ज्याकेट, २५ थान स्वास्थ्य सामाग्रीकाे ब्यागलगायतका सामाग्री हस्तान्तरण गरिएकाे थियाे ।

नेपाली नेपाली कांग्रेस झापा अध्यक्ष देउमान थेवे, नेकपा एमाललेका जिल्ला अध्यक्ष दिपक कार्की, प्रदेश नं. १ का पुर्व आन्तरिक मामिला तथा गृह मन्त्री हिक्कमत कार्की, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका जिल्ला प्रमुख गाैरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी, रेडक्रस साेसाईटी झापाका अध्यक्ष लाेकराज ढकाल सहितकाे टाेली अाज वेलुका करिब ३ बजे रतुवा खाेलाकाे स्थित बुझ्न गएका थिए । उत्त खाेलामा आएकाे बाढीले धार परिवर्तन गरि पुरानाे दामुना खाेलामा पसेकाे छ । जसले गाैरीगंज गाउँपालिका वार्ड नं. ५ हरिरा र श्यामटाेली उच्च जाेखिममा रहेकाे उद्योग वाणिज्य संघ गाैरीगंजका अध्यक्ष मखना महताेले बताए ।

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस