जिल्ला भरिकै सबैभन्दा कम स्वास्थ्य बीमा गाैरीगंजमा

September 20, 2018 मा प्रकाशित

20180920_124104
गाैरीगंज ४, असाेज / नागरिककाे स्वास्थ्य उपचारमा सहज पहुँच पुर्याउन सरकारले लागू गरेकाे स्वास्थ विमा कार्यक्रम अन्तर्गत गाैरीगंज गाउँपालिकामा झापा जिल्ला भरिकै सबै भन्दा कम विमित भएकाे पाईएकाे छ ।

Advertisement

विमितले अाफु र अाफ्नाे परिवार बिरामी पर्दा अार्थिक सुरक्षा पाउने थाहा भएपनि चेतनाकाे कमी र अार्थिक विपन्नताकाे कारण गाैरीगंज गाउँपालिकामा कम विमित भएकाे हाे ।
सरकारले अार्थिक वर्ष २०७२/७३ मा कैलाली, वाग्लुङ्ग र ईलाम जिल्लाबाट शुरू गरेकाे स्वास्थ्य बीमा कार्यक्रम झापामा पनि याे कार्यक्रम लागू छ । स्वास्थ्य विमा कार्यक्रम लागु गरेकाे एक वर्षमा झापामा १ लाख ८ हजार भन्दा बढी परिवारले स्वास्थ्य बिमा गराएका छन् । स्वास्थ्य बिमा बाेर्ड दर्ता कर्मचारी पुष्पराज भट्टराईका अनुसार विमित परिवारमध्ये जिल्ला भरि कै सबै भन्दा कम ९ सय ७१ परिवारले गाैरीगंज गाउँपालिकामा बीमा गराएका छन् ।
झापाकाे दमक नगरपालिकामा २५ हजार ८ सय परिवारले स्वास्थ विमा गराएर जिल्लाकै सबैभन्दा बढी विमित भएकाे नगरपालिका भएकाे छ । गाैरादह नगरपालिकामा ७ हजार ९ सय ७१ परिवार, कमल गाउँपालिकामा ८ हजार ९ सय ७५ परिवार,विर्तामोड नगरपालिकामा १५ हजार परिवार, मेचीनगरमा ८ हजार २ सय ६७ परिवार, भद्रपुर नगरपालिकामा १० हजार ४ सय ७३ परिवार, अर्जुनधारामा ९ हजार ६ सय २५ परिवार,बार्शदशीमा ३ हजार ७ सय ५१ परिवार, हल्दिबारी गाउँपालिकामा ४ हजार९ सय ३० परिवार, बुद्वशान्तीमा ४ हजार ८ सय ६८, झापामा १ हजार ९ सय ५४ परिवार, शिवसत्ताक्षीमा ९ हजार २६ परिवार, कचनकवलमा ४ हजार ३ सय ८ परिवारले स्वास्थ्य बिमा गराएका छन् ।
राष्ट्रिय स्वास्थ बीमा नीति, २०७१ ले नेपाली जनतनकाे समग्र स्वास्थ स्थितिमा सुधार गर्ने दीर्घकालीन लक्ष्य लिएकाे छ । य स्वास्थ बिमा कार्यक्रममा सहभागी हुन ५ जना सम्मकाे परिवारले वार्षिक रूपमा प्रति परिवार रू २५०० तिर्नु पर्छ । परिवारमा ५ भन्दा बढी सदस्य भए प्रति थप सदस्यकाे रू ४२५ का दरले थप रकम तिरेर स्वास्थ बीमा गर्न सकिन्छ ।
याे बीमा गरेकाे विमित सदस्यले सरकारबाट ताेकिएकाे सेवा प्रदायक संस्थाबाट बहिरंग ,अन्तरङ्ग र अाकस्मिक कक्षबाट बार्षिक ५ जनासम्मकाे परिवारले रू ५० हजार सम्मकाे स्वास्थ सेवा उपभाेग गर्न सक्नेछन् । ५ जना भन्दा बढी सदस्य भएकाे अवस्थामा प्रति सदस्य रू १० हजार सुविधा थैलीमा थपिने छ र यसकाे अधिकतम सिमा रू १ लाख हुनेछ ।
तर ताेकिएकाे मुल्यभन्दा बढी रकममा चस्मा, श्रवणयन्त्र, प्लास्टिक सर्जरी, कृत्रिम गर्भधान सेवा लिन सक्नु हुने छैन ।
बीमा दर्ता कर्मचारी भट्टराईका अनुसार विमीत परिवारले झापाकाे दमक अस्पताल, लाइफ लाइन अस्पताल, अाम्दा अस्पताल, विराटनगरकाे नाेवेल अस्पताल, काेशी अस्पताल, धरानकाे घाेपा र भरतपुर क्यान्सर अस्पतालबाट स्वास्थ सेवा लिन सकिन्छ । विमीत परिवारले याे सेवा अन्तर्गत ११ सय ६० प्रकारका अाैषधीहरू नि: शुल्करूपमा लिन सक्छन्

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस