एक नम्बर प्रदेशसभामा उठ्यो सीके राउतले गर्दै आएको गतिविधिलाई कडाइ गर्नुपर्ने माग

September 27, 2018 मा प्रकाशित

pradesh-sava-bhawan

Advertisement

बिराटनगर११, असोज / मधेशलाई छुट्टै राज्य बनाउने भन्दै सीके राउतले गर्दै आएको गतिविधिलाई कडाइ गर्नुपर्ने विषय प्रदेश संसदमा उठेको छ ।

एक नम्बर प्रदेशसभाको बसेको बैठकमा बोल्दै सांसद इन्दीरा राईले राष्ट्रिय अखण्डताको विरुद्धमा भइरहेको गतिविधिलाई सामान्यरुपमा लिन नहुने बताउनुभयो । संविधान दिवसका दिन सुरक्षा घेराभित्रै जनकपुरमा विखण्डनकारीको सभा हुनु गम्भीर विषय भएको भन्दै उहाले सम्पुर्ण दल र संसद र सरकार सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

झापाका सांसद गोपालचन्द्र बुढाथोकीले सरकारले तोकेको न्यूनतम ज्यालापनि चिया मजदुरहरुले नपाइरहेको बताउँदै श्रम ऐन कार्यान्वयन नगर्ने चिया उद्योगीलाई कारबाहीको माग गर्नुभयो । अन्य क्षेत्रमा काम गर्ने मजदुरहरुले दैनिक ५ सय ८७ रुपैयाँ प्राप्त गर्दा पनि चिया मजदुरहरुलाइ ३ सय ८५ रुपैयाँ दिन समेत उद्योगिहरुले नचाहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

अर्का सांसद खिनु लङ्वा लिम्बुले महिलामाथिको हिंसा, बलात्कार र हत्या रोक्न इन्टरनेटमा अस्लील तस्वीर र भिडियोलाइ रोक लगाउनुपर्ने बताउन्ुभयो ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस