‘गाैरीगंजकाे त्रिभुवन अादर्श पुस्तकालय साहित्य साधना गर्ने केन्द्र थियाे ‘

October 29, 2018 मा प्रकाशित

20181029_161404

Advertisement

अात्माराम राजवंशी,
गाैरीगंज १२ कार्तिक / झापा गाैरीगंजकाे ६४ वर्ष ऐतिहासिक महत्त्व बाेकेकाे त्रिभुवन अादर्श पुस्तकालय व्यवस्थित हुने भएकाे छ । पुस्तकालयकाे अस्तित्व संकटमा परेकाे समाचार विभिन्न सञ्चार माध्यममा अाएपछि यहाँका अगुवा तथा साहित्यिक व्यक्तिहरूकाे अगुवाइमा व्यवस्थित हुन लागेकाे हाे ।

सात सालको जनक्रान्ति सफल भएपछि पूर्वी नेपालमा गठित पहिलो जनसरकारले २०११ सालमा स्थापना गरेको त्रिभुवन अार्दश पुस्तकालय विगतमा चर्चित रहे पनि अहिले गुमनाम जस्तै छ ।

ऐतिहासिक महत्व बोकेको ६४ वर्ष पुरानो झापाको यो पुस्तकालय विगत दुई दशक यता पाठकविहीन अवस्थामा छ । “पढ्न भनेर कोही आउँदैनन्, सरकारले समेत यसको संरक्षण र सञ्चालनमा कुनै ध्यान दिएको छैन” – प्राध्यापक अर्जुन दंगाल भन्छन् ।
याे पुस्तकालय पाठक गुमाएर संकटबाट गुज्रिरहेको छ ।

खजुरगाछी बजारमा दुई कठ्ठा जग्गामा निर्माण भएको एक तले पक्की भवनमा यो पुस्तकालय छ । एक हजार पुस्तक संगृहीत यो पुस्तकालयको गौरादह–९ बैगुनधुरामा आफ्नै स्वामित्व रहेको खेतीयोग्य करिब चार विघा जग्गा छ भने भवन रहेकाे जग्गा करिव २ कठ्ठा जग्गा छ । तर पुस्तकालय व्यवस्थापन समितिकाे कमजाेरीले २०४९ सालदेखि पुस्तकालयकाे नविकरणसमेत हुन सकेकाे छैन ।

एक जना कर्मचारीले बिहान र बेलुका पुस्तकालय खुला गरेर नियमित रेखदेख गर्दै आएपनि पुस्तक पढ्ने पाठकहरु भने आकर्षित हुन सकेका छैनन् । मदन पुरस्कार विजेता साहित्यकार दौलतविक्रम विष्टले २०४५ सालदेखि ३ वर्षसम्म गौरीगञ्जमा बसेर यही पुस्तकालयमा साहित्य साधना गरेका थिए ।

भौतिक तथा साधन स्रोतले सक्षम भएपनि पुस्तकालयप्रति अध्ययनमा रुची राख्ने नयाँ पुस्ता आकर्षित नहुँदा पुस्तकालय सुनसान भएकाेे छ ।

पुस्तकालयमा तत्कालिन राजा महेन्द्र सरकारकाे अागमन भएकाे पुुुुरानाे अभिलेखमा उल्लेख भएकाे प्राध्यापक दंगाल बताउँछन् । उनले भने – ‘२०११ सालमा पुस्तकालय स्थापना हुनु भनेकाे त्यसबेला यस क्षेत्रमा सचेत नागरिक शिक्षाप्रेमीहरूकाे बसाेबास भएकाे बुझिन्छ । जुन नेपालकै पुरानाे पुस्तकालय मध्येकाे याे त्रिभुवन अादर्श पुस्तकालय पनि हाे ।’

दातासँग हात थापेर भएपनि पुस्तकालयका लागि कम्प्युटर, प्रिन्टर र इन्टरनेट जस्ता उपकरणसहितको सूचना केन्द्र, वाचनालय र पुस्तक सङ्ग्रहालय निर्माण गर्नु पर्ने उनी बताउँछन् ।

सात सालमा प्रजातन्त्र आउनु अघि नै पूर्वी नेपालमा भैरवप्रसाद आचार्य गवर्नर रहेको पहिलो समानान्तर सरकार गठन भएको इतिहास छ । उक्त सरकारका शिक्षामन्त्री थिए, भाषाशास्त्री महानन्द सापकोटा । भाषाशास्त्री सापकोटाकै पहलमा २००८ सालमा स्थापना भएको देशकै चर्चित भद्रपुर पुस्तकालयमा पुस्तक पढ्न भनेर स्थापना गरिएकाे थियाे । त्यसैक्रममा गाैरीगंजमा पनि केही वर्षपछि पुस्तकालय स्थापना भएकाे ईतिहास पाउन सकिन्छ ।

गाैरीगंज -६ मा २ कठ्ठा आफ्नै जग्गामा एक तले पक्की भवनमा सञ्चालित त्रिभुवन अादर्श पुस्तकालयको दुई काेठा मध्ये १ वटामा पुस्तकहरू राखिएका छन् भने दाेस्राे काेठामा पाठकहरूकाे लागि अध्ययन गर्न केही बेन्च तथा कुर्सी राखिएका छन् । संगै पुस्तकालयसंगैकाे खाली जग्गामा स्थानिय व्यापारीले महिनाकाे ३ सय रूपैयाँ महिनाकाे दरले भाडामा लिएका छन् ।

पुस्तकालय कोठाका झ्यालढोका काम नलाग्ने अवस्थामा छन् भने त्यहाँ राखिएका किताबहरु कीरा र मुसाले ढुट्याइसकेका छन् ।

इतिहास बोकेको यो पुस्तकालयको संरक्षण र सञ्चालन गर्ने जिम्मेवारी अब स्थानीय सरकारको काँधमा आएको बताउछन्, गाैरीगंज माविका प्रधानाध्यापक गाेविन्द घिमिरे ।

गाैगाैरीगंज गाउँपालिकाका प्रमुख बाबुराजा श्रेष्ठले त्रिभुवन पुस्तकालय विगतमा राजनीतिक खिचातानीका कारणले धराशायी भएको बताए ।“विगतमा जे भए पनि यो पुस्तकालय गाैरीगंजकाे सम्पत्ति हो र यसलाई पुनः सञ्चालन गर्ने विषयमा हामी छलफल गरिरहेका छौँ” – गाउँपालिका प्रमुख श्रेष्ठ भन्छन् ।
याे त्रिभुवन अादर्श पुस्तकालयमा मदन पुरस्कार विजेता दाैलत विक्रम विस्टले २०१२ साल माघ १ गते अवलाेकन तथा अध्ययन गरेकाे ईतिहास उपस्थिति पुस्तिकामा उल्लेख छ । उनी २०४५ सालमा ३ बर्ष गाैरीगंज बसेर साहित्य साधना यीनै पुस्तकालयमा गरेका थिए ।
FB_IMG_1540739445542

पाठक नपाएर झापाका ८ वटा पुस्तकालय हालसालै बन्द भएको पुस्तकालय सङ्घ झापाका अध्यक्ष प्रेमप्रकाश पोखरेल ‘फलाहारी’ले जानकारी दिए ।तर चन्द्रगढीको लेखनाथ पुस्तकालय र दमकको पब्लिक लाइब्रेरी स्थानीय साहित्यकार तथा युवा पाठकहरुको सक्रियतामा राम्रैसँग सञ्चालन भइरहेका छन् ।

राजनीतिक, सामाजिक र शैक्षिक रुपमा अग्रणी जिल्लाको रुपमा चिनिएको झापामा २००७ सालको परिवर्तनपछि दर्जनौँ स्थानमा पुस्तकालय खोलिएका थिए ।
पुस्तकालयकाे स्थापनाकाल २०११ साल देखि पुस्तकालयकाे व्यवस्थापनमा सेवा गरेका शिक्षाप्रेमी केशर बहादुर श्रेष्ठले गाैरीगंज बजार बसाउने तत्कालीन विर्ता प्रमुख भत्त बहादुर कर्णेल भएकाे बताउछन् । उनी विर्ता प्रमुख हुदा नै उनले त्रिभुवन अादर्श पुस्तकालयकाे स्थापना, काेटेश्वर शिवालय मन्दिर, साविक गाैरीगंज खजुरगाछी गाविस बीच बग्ने गाैरीया खाेलाकाे काठे पुल निर्माण, गाैरीगंज बजार (महेन्द्रनगर बजार) नक्साकंन गराएकाे श्रेष्ठ बताउँछन् ।
पत्रकार अात्माराम राजवंशीसंगकाे एक अन्तरवार्तामा उनले भनेका छन् -‘पुस्तकालय स्थापना बेला भारतकाे बनारसबाट पुस्तकहरू ल्याएका थियाैं । त्यसबेला भारतीय राजदुतावासले पनि पुस्तक उपलब्ध गराउथ्याे । विर्ता प्रमुख भत्त बहादुर कर्णेल, वल बहादुर सिंह, शंकर प्रसाद उपाध्यायलगायतकाे विशेष पहलबाट पुस्तकालय स्थापना भएकाे थियाे ।
विस २००८ साल तिर हालकाे गाैरीगंज मावि त्यसबेला मिडिल इङ्गलिस स्कुल नामाकरण गरिएकाे थियाे । शुरूका दिनमा त्यहि विध्यालयमा पुस्तकालय थियाे । भवन बनेपछि अाफ्नै जग्गामा पुस्तकालय सारिएकाे थियाे । २०११ सालदेखि २०२२ सालसम्म पुस्तकालयमा सेवा दिएका थिए ।
पुस्तकालयमा लाउडस्पिकर पनि राखिएकाे थियाे । त्यहि लाउडस्पिकरबाट रेडियो नेपाल र भारतीय च्यानलबाट अाएका समाचार वा जानकारी त्यहि लाउडस्पिकरबाट गाउँले सबैलाई सुनिने गरि समाचार सुनाउने चलन थियाे ।’ उनलेे भने – ‘ याे पुस्तकालय साहित्यकारहरूकाे लागि साहित्य साधना गर्ने केन्द्र थियाे ।’

प्रजातन्त्रमाथि प्रतिबन्ध लगाइएको पञ्चायतकालीन अवस्थामा समेत झापाका चेतनशील युवाले गाउँगाउँमा पुस्तकालय र वाचनालय खोलेर राजनीतिक आन्दोलनलाई ऊर्जा भर्ने कार्य गर्दथे । तर अहिले नयाँ पुस्तकालय खोल्ने क्रम ठप्प जस्तै छ भने पुराना र ऐतिहासिक महत्व बोकेका पुस्तकालयसमेत बन्द हुने अवस्थामा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस