एनएमसी गाैरीगंजले विविध सांस्कृतिक नृत्यसहित समावेशी तीज मनायाे

August 27, 2019 मा प्रकाशित

20190827_192042

Advertisement

गाैरीगंज १०, भदाै / नेपाल बहुउद्देश्यीय सहकारी संस्था गाैरीगंजले आज समावेशी तीज एक भव्य कार्यक्रमकाे आयाेजना गरि मनाएकाे छ ।
गाैरीगंज गाउँपालिका वार्ड नं ६ खजुरगाछीमा रहेकाे शिवालय मन्दिरमा विभिन्न जातिय गीत, नृत्य तथा तीज गीतहरूमा सामुहिक नृृृृृत्य गरेर महिलाहरूले मनाएका हुन् । गाैरीगंज गाउँपालिकाका उपप्रमुख दिपिन्द्र थापाकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा विशिष्ट अतिथिल संस्थाककीी उपाध्यक्ष भगवती घिमिरे र संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद उप्रेती थिए । समावेशी तीज कार्यक्रमका अवसरमा प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद उप्रेतीले सहकारीकाेबारेमा प्रकाश पारेका थिए । देशभर करिब ३५ हजार सहकारीमध्ये प्रदेश नं. १ मा सबैभन्दा उत्कृष्ट सहकारीरूपमा नेपाल बहुउद्देश्यीय सहकारी संस्थालाई नेपाल सरकारले घाेषणा गरिसकेकाे बताए । सहकारीले वैकिङ्ग सेवा, डेरी व्यवसाय, कृषकलाई प्रविधिमा पहुच संगै नमुना कृषि परियाेजना र गुणस्तरिय बस्तुकाे सुपथ मुल्यमा नागरिकलाई सेवा दिने चार प्रकारकाे मुख्य उधेश्य रहेकाे अधिकृत उप्रेतीले बताए । हाल सम्म ७० हजार सदस्य संख्या रहेकाे यस सहकारीकाे २२ कराेड रूपैयाँ मुनाफा रहेकाे उनले बताए । कार्यक्रमकाे अवसरमा सन्थाल नृत्य समेत देखाईएकाे थियाे ।
कार्यक्रममा संचालक समितिका सदस्य दुर्गा प्रसाद भण्डारी, सावित्रा दाहाल, शिक्षा तालिम समितिका सदस्य चन्द्र प्रसाद भट्टराई, गाैरीगंज कार्यालय उपसमिति संयाेजक नारायण प्रसाद अधिकारी, सदस्य चन्द्रप्रसाद नायक, रिता संग्राैला, खजुरगाछी साना किसान सहकारी अध्यक्ष तुलसा ढकाल, गाैरीगंज साना किसान सहकारीका अध्यक्ष मित्रा बुढाथाेकी, राष्ट्रिय महिला सशक्तीकरण गाैरीगंजकी अध्यक्ष फुलवती राजवंशी, गाैरीगंज एनएमसीका प्रमुख प्रदिप लम्साललगायतकाे उपस्थिति थियाे । कार्यक्रमकाे सञ्चालन संस्थाकी सदस्य सावित्रा दाहालले गरेकी थिईन् ।
20190827_192042

20190827_192639
20190827_19265020190827_192703

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस