गाैरादहमा नेपाली कांग्रेसको जागरण अभियान

September 17, 2019 मा प्रकाशित

20190917_170228
गाैरादह ३१, भदाै / नेपाल काङ्ग्रेस प्रदेश निर्वाचन क्षेत्रिय कार्यसमिती ५ क ले राष्ट्रिय जागरण अभियान अन्तर्गत विशेष सामाजिक संवाद कार्यक्रम सम्पन्न गरेकाे छ । संवाद कार्यक्रमलाई सम्बाेधन गर्दै कार्यक्रमका प्रमुख अतिथि माननीय शेखर चन्द्र थापाले वर्तमान परिस्थितिमा नेपाली कांग्रेस पार्टीको लडाई कुनै दलसंग नभई भ्रष्टाचार र सुशासनकाे विरूद्वमा रहेकाे बताएका छन् । नेपाली कांग्रेस पार्टीले विगतकाे गल्ती र कमजोरीलाई सच्चाउदै एक ढिक्का भएर मुलुक र जनताकाे लागि लड्ने पार्टी भएकाले कार्यकर्ताहरूलाई जनताकाे घर आगनमा पुगेर सुखदुःखमा साथ दिन आग्रह गरेका छन् । दाेस्राे चरणकाे विशेष सामाजिक संवाद कार्यक्रमलाई गाैरादहमा सम्बाेधन गर्दै वर्तमान सरकारले भ्रष्टाचार काण्डमा लिप्त भएकाे , निर्मला हत्या काण्ड, एनसेल काण्ड, वाईडबढी काण्ड, वालुवाटार काण्डलगायतका काण्डमा मुछिएकाे बताएका छन् । कम्युनिस्टहरू आफ्नाे सिद्धान्तबाट विचलित भएर साम्यवाद लागू गर्न नसकेकाे अवस्थामा वैचारिक दृृष्टिकाेणले नेपाली कांग्रेस अगाडि रहेकाे धारणा राखेका थिए । नेपाली कांग्रेस पार्टीले नेपाली जनताकाे भावनाकाे कदर गर्दै जनचाहना अनुसार काम गर्नसके लाेकतन्त्रमा सबैलाई अटाउन सके पार्टी नेपाली कांग्रेस रहेकाे ठाेकुवा गरेका छन् । कार्यक्रममा दाेस्राे जनजागरण अन्तरगत गाउँ तथा वार्डमा पार्टी कार्यालय भए नभएकाे, पार्टीबाट निर्वाचित जनप्रतिनिधि र पार्टी कार्यकर्ताबीचकाे समन्वय भए नभएकाे, स्थानिय सरकारप्रति जनअपेक्षा के कस्ताे रहेकाे, पार्टीकाे सांगठानिक अवस्था कस्ताे रहेकाे ? वैठक बसे नबसेकाे ? पार्टी कार्यकर्तालाई जानकारी भए नभएकाे सम्बन्धि निकायमा प्रतिवेदन पेश गर्नुपर्ने निर्देशन दिएका थिए । त्यस अवसरमा कार्यकर्ताहरूले राखेकाे जिज्ञासाकाे जवाफ दिएका थिए । कार्यक्रममा जिल्ला उपसभापति राम कट्टेल, क्षेत्रिय सभापति, महासमिति सदस्य फुलवती राजवंशी, नाैताली राजवंशी, जिल्ला सदस्य रामकुमारी पाैडेल, उधाेग वाणिाज्य संघ गाैरादहका अध्यक्ष जीवन राईलगायतले धारणा राखेका थिए । पार्टीका गाैरादह नगर सभापति यादवराज सेढाईले स्वागत मन्व्य राखेकाे कार्यक्रममा क्षेत्रिय सचिव सुर्यभत्त सिटाैलाले कार्यक्रम सञ्चालन गरेका थिए । विशेष सामाजिक संवाद कार्यक्रम क्षेत्र नं. ५ ‘क’का सभापतिकाे सभापतित्वमा सम्पन भएकाेे थियाे ।

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस