मेचीनगरमा २ सय ९ जनाको आरडीटी र १९ जनाको पीसीआर विधिबाट एन्टीबडी परीक्षण

April 30, 2020 मा प्रकाशित

20200430_215738

Advertisement

मेचीनगर १८, बैशाख / झापाको मेचीनगरमा विहीबारसम्म कुल २ सय ९ जनाको नोवल कोरोना भाइरस कोभिड १९ को एन्टीबडी परीक्षण गरिएको छ ।

नेपालका विभिन्न जिल्लामा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण बढ्दै र धमाधम संक्रमित फेला पर्न थालेपछि मेचीनगरमा कोरोना भाइरसको एन्टीबडी परीक्षणलाई तीब्रता दिइएकोे मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखा संयोजक शशीकला राईले बताउनुभयो ।

उहाँका अनुसार १ नम्बर प्रदेशको स्वास्थ्य टोलीले ७० र नगरपालिकाको स्वास्थ्य शाखाको टोलीले १ सय २० गरी कुल १ सय ९० जनाकोे र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गरिएको हो । समाचार स्रोतका अनुसार उनीहरु सवैको परिणाम नेगेटिभ आएको छ । यसैगरी १९ जनाको पोलिमिरेस चेन रियाक्सन पीसीआर माध्यमबाट थ्रोड स्वाब संकलन गरी परीक्षण गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।

शाखा संयोजक राईका अनुसार प्रदेश स्तरीय स्वास्थ्यकर्मीको टोलीले नगरका १२ जनाको थ्रोड स्वाब संकलन गरी पोलिमिरेस चेन रियाक्सन (पीसीआर) माध्यमबाट परीक्षण गरेको थियो भने विहीबारमात्र नगरपालिकाको स्वास्थ्य शाखाको टोलीले वडानम्बर २ मा ३, तथा १३ र १४ नम्बर वडाका २÷२ गरी कुल ७ जनाको थ्रोड स्वाब संकलन गरी पोलिमिरेस चेन रियाक्सन (पीसीआर) माध्यमबाट परीक्षणका लागि कोशी अञ्चल अस्पताल विराटनगर नमूना पठाएको छ । शाखाले २ महिला र ५ पुरुषको नमूना संकलन गरी परीक्षणका लागि विराटनगर पठाएको हो । उनीहरु सवै दुवइ, कतार अमेरिकाबाट नेपाल आएर सुरक्षितरुपमा होम क्वारेन्टाइनमा बसेका थिए । प्रदेशको टोलीले संकलन गरेको नमूना पोलिमिरेस चेन रियाक्सन (पीसीआर) माध्यमबाट परीक्षण गर्दा सवै नतिजा नेगेटिभ आएको थियो । स्वास्थ्य शाखाले पठाएको नमूनाको नतिजा आउन बाँकी छ ।

शाखा संयोजक राईको नेतृत्वमा ल्याब टेक्निसियन टीकाराम ढकाल, ल्याब असिष्टेन्ट अनिमा राजवंशीसहितको प्राविधिक टोलीले उनीहरुको थ्रोड स्वाब संकलन गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस